तिमी बेचिएका छौ
आफ्नै बाटो!
किन चाहियो दिवस
ती नयाँ वर्ष या जन्मोत्सव
या स्मृति दिवस
जब कि ती
सधैँ स्मृति मै त हुन्छन्।
भौतिक शरीर सिँचेका
ती अनुपम रगतका मूलहरु
के एक दिन चाहिन्छ र? सम्झन
सेता अन्नका डल्ला लडाएर
ती सुन्दर सेता फूलहरूको
बीज सिँच्ने अधिकार
खोस्न चाहन्न म।
उनीहरू!
ज्यान र मानको
बाजी लगाउँदै
निराशाको चक्रव्यूह
तोडेर निस्किए ज्ञानको
ज्योती बोकेर ती न्यूटन ती क्युरी
ती लेबनिज, बोर र हाइजनवर्गहरु
पृथ्वीको ढुकढुकी नाप्दा
खिसी गरिएका वेजनरहरु
जमीन देखि आकाशमा फैलिएका हरेक
विन्दुहरुलाई एउटै भित्तोमा सजाइदिने
ती मेण्डेलियेव देखि न्युल्याण्डहरु
आफ्नै सन्तानका समेत नसा केलाउँदै
उन्मुक्त भएका डार्विन, वालेसहरू
आध्यात्मिकताको झूटा पर्दाहरु
च्यातेर कुहिएको मनको चिनारी
गर्ने फ्रायडहरु
मेरा पसिना र रगत पिएर
बाँचेका ती काला राक्षसहरू
चिनाउने मार्क्सहरू
सत्य झेल्न नसकेको समाजको
तानाले क्षत बिक्षत शरीर
विसाएका ती बोल्जम्यानहरु
बेवारिसे मिल्किएको
टेस्लाको मृत देह
सम्झन दिन छुट्याएको छैन
उनीहरूको लागि
सूर्यको तातो देखि वर्षातको पानी
शिशिरको सिरेटो देखि वसन्तको फूलवारी
पृथ्वीको कम्पन देखि हिमालको उचाइ
सम्मै सधैँ झल्किएको पाउँछु त!
उनीहरूको पसिना
अनि?
लेमात्रे, आइन्स्टाइन र हबलले
देखाए जस्तै निरन्तर
अनन्त तिर लम्किरहेका पृथ्वीहरु
सूर्यहरु, चन्द्रहरु, आकाशगंगाहरु
फैलिरहेको यो ब्रम्हाण्डमा
मान्छेको रोगी मनले
कोरेका मितिका हास्यास्पद
सीमारेखाहरु
बुझिसके पछि, फेरि
तिनैलाई उत्सव र उदासी
खुशी र दुःख
आदि र अन्त्य
भन्दै उफ्रिहिँड्ने
म कहाँ हुन सक्छु?
त्यसैले म मनाउँदिन जन्मोत्सवहरु
नयाँ बर्ष या स्मृति दिवस
न कथित दार्शनिकहरुले भने जस्तै
मृत्योत्सवहरु पनि
न वर्ष नयाँ हुन्छ
न पुरानो
ती केही सङ्ख्या
अनि मानिसका कृतिम
सीमारेखाहरु
चाहे समयमा कोरिएका हुन्
या जमीनमा
या जात, वर्ण, धर्म र भाषामा
मलाई ती पैशाचिक लाग्छन्।
बाजी : कथा अनुवाद
The Bet : Anton Chekhov, Translation: Deepes Moorti Pant
शरद ऋतुको अँध्यारो रात थियो एउटा बुढो बैंकर आफ्नो अध्ययन कक्षमा टहलिदै १५ बर्ष अघीको यस्तै शरद ऋतुको एक साँझ सम्झने प्रयास गर्दै थियो जुन दिन उसले एउटा भोजको आयोजना गरेको थियो। त्यो साँझ भोजमा धेरै बुद्धिजिवीहरु धेरै निकै चाखलाग्दा बिषयमा छलफल गरिरहेका थिए, त्यो मध्ये एक बिषय मृत्युदण्ड पनि थियो।
त्यहा उपस्थित अधिकांश पाहुनाहरू पत्रकारहरू र बुद्धिजीवीहरू थिए उनिहरू मृत्यूदण्डको बिरुद्धमा थिए। उनिहरू यस्तो सँजाय रुढीवादी, अनैतिक र कुनै पनि क्रिश्चीयन राज्यको लागी उपयुक्त छैन भन्ने सोचाइ राख्थे भने कसैको बिचारमा मृत्युदण्डलाई विश्वब्यापि रुपमै जन्मकैदले प्रतिस्थापन गर्नु पर्छ भन्ने थियो। "म तपाईंसँग सहमत छैन", बैँकरले भन्यो "यि दुबै सजायहरु मैले प्रयोग गरेको त छैन तर जन्मकैद भन्दा मृत्युदण्ड बढी नैतीक र मानविय छ किनकी मृत्युदण्डले तुरुन्त मार्छ तर जन्मकैदले बिस्तारै र भन्नुहोस् कुन सँजाय बढी नैतीक छ् जसले तुरुन्त मार्छ कि बिस्तारै धेरै बर्ष लगाएर तड्पाइ तड्पाइ? त्यस्तैमा एउटा पाहुनाले भन्यो "दुबै उस्तै अनैतीक र आमानविय छन, दुबैको लक्ष्य अर्काको ज्यान लिने नै हो, राज्य भगवान होइन जुन कुरो यसले फिर्ता गर्न सक्दैन यसलाई त्यो लिने अधिकार पनि छैन"
पाहुना मध्ये एक युवा वकिल जो त्यस्तै २५ बर्ष हाराहारीको हुँदो हो भन्यो,"दुबै मृत्युदण्ड र जन्मकैद बराबर अनैतीक र अमानविय छन तर मैले रोज्नु परे म जन्मकैद नै रोज्छु किनकी मर्नु भन्दा त जसरी भए पनि बाच्नु नै उपयुक्त हुन्छ"
यसरी छलफल उत्कर्षमा पुगेको थियो, बैँकर पनि त्यतीबेला युवा र अली बढी आक्रामक उत्सुक थियो निकै उत्साहित हुदैं टेबल ठोक्दै चिच्यायो," म २० लाखको बाजी लगाउछु कि तिमी ५ बर्ष पनि एकल बन्दीगृहमा बस्न सक्ने छैनौ" सो युवा वकिलले भन्यो "इमान्दारिता साथ भनेको हो भने यसको लागि म ५ बर्ष होइन १५ बर्ष बस्न तयार छु"। "१५ बर्ष" बैँकर चिच्यायो, "भद्र भलाद्मी हो, मैले २० लाख दाउमा राखे" युवकले पनि भन्यो,"ठिक छ तपाईं आफ्नो लाखौं दाउमा लगाउनुस् म आफ्नो स्वतन्त्रता" यसरी एउटा जङ्गली र अनर्थक बाजी लगाइयो।
बैँकर यस्तो खराव बेबकुफ बाजी जसमा उसको लागि २० लाख केही थिएन अत्यन्त खुशी थियो। उसले रात्रीभोजमा युवकलाई गिज्याउदै भन्यो, "अझै राम्रो सँग सोच अझै समय छ, २० लाख त मेरो लागि तुच्छ हो तर तिमी बेकारमा आफ्नो अमुल्य ३ ४ बर्ष त्यसै खेर फाल्दै छौ। मैले ३ ४ बर्ष भने किनकी तिमी त्यो भन्दा बढी बस्न सक्ने छैनौ किनकी हे दु:खी आत्मा अनिवार्य कैद भन्दा स्वैच्छिक कैद काट्न धेरै गार्हो हुन्छ, तिमी स्वतन्त्र भएर बाच्ने अधिकारको बिचारले मात्रपनी तिमीलाई कैदमा तिम्रो सम्पूर्ण अस्तित्वलाई विषाक्त गर्ने छ, मलाई क्षमा गर"
बैँकर यता उता गर्दै १५ बर्ष अघिको कुरो सम्झिरहेछ, आँफैलाई प्रश्न गरिरहेछ, "कुन उद्धेश्यले त्यस्तो बाजी राखियो, यसले त्यो ब्यक्तीलाई १५ बर्ष र मलाई २० लाख अनाहकमा खेर फाल्दा के राम्रो भो? के यसले मृत्युदण्ड जन्मकैद भन्दा राम्रो या नराम्रो भनेर सावित गर्न सक्छ? अँह सक्दैन यो बाजी पूर्णतया निरर्थक र अर्थहिन बाजी थियो। मेरो तर्फबाट पुल्पुलिएको मान्छेको उन्माद थियो भने त्यस्को तर्फ बाट २० लाखको लालच"
अनी उसले सम्झियो कि त्यो रात के के भयो। सो युवकले तय गरिएको बर्षहरु बैँकरकै बगैँचामा रहेको सानो घरमा निकै कडा पहरामा बिताउनु पर्ने निर्णय गरियो। सो युवकले सो घरको दैलो काट्ने छैन, कुनै मानिसलाई देख्न भेट्न नपाउने, कुनै पनि मानिसको आवाज पनि सुन्न नपाउने र चिट्ठी समाचारपत्रहरु पनि पनि नपाउने कडा शर्त राखियो। तर उसले वाद्ययन्त्रहरु र पुस्तकहरु भने उपलब्ध गरिने, उसले चिट्ठीपत्रहरु लेख्न पठाउन, रक्सी पिउन र धुम्रपान गर्न भने अनुमती दिइयो। सम्झौता अनुसार युवकले सो घरमा रहेको सानो झ्याल जुन यही उद्देश्यका लागि बनाइएको थियो त्याहाबाट मात्र बाहिर संपर्क गर्न सक्थ्यो।
उसले माँगे अनुसार बिभिन्न प्रकारका पुस्तकहरु, वाद्ययन्त्रहरु रक्सीहरु त्यही झ्यालबाट माग गर्थ्यो अनी त्यही बाट माँगे जती पाउथ्यो।त्यो सम्झौता पत्रमा प्रत्येक सामान्य भन्दा सामान्य विवरणहरु उल्लेख गरिएको थियो जसमा उसको कैदी जीवन अत्यन्त कडा एकान्तमा ठीक्क १५ बर्ष बिताउनु पर्ने जुन नोभेम्बर १४ १८७० को बाह्र बजे देखी शुरु भएर नोभेम्बर १४ १८८५ को बाह्र बजे समाप्त हुन्थ्यो। यि शर्तहरुको सामान्य उल्लँघन तोकिएको समय भन्दा २ मिनेट अघी भए पनि बैन्कर २० लाख तिर्नुपर्ने दायित्व बाट मुक्त हुन्थ्यो।
कारावास जीवनको पहिलो बर्ष उसका नोटहरु बाट उ एकदमै एक्लोपना र अवसाद अर्थात डिप्रेसन बाट ग्रस्त छ भनेर जो कसैले पनि अनुमान गर्न सक्थ्यो। त्यो सानो घरबाट दिन रात पियानोको आवाज लगातार सुनिन्थ्यो। उसले सुर्तीजन्य र रक्सी लिन अस्विकार गर्यो किनकी उसले लेखे अनुसार इनिहरुले मान्छेका इच्छाहरुलाई बढाउछन, उक्साउछन जुन एउटा कैदीको लागि गम्भिर शत्रुहरु हुन साथै राम्रो रक्सी एक्लै पिउनु र कसैलाई भेट्न नपाउनु भन्दा जीवनहिन अरु केही हुन सक्दैन र धुम्रपानले उसको कोठाको बातावरण बिगार्छ।
पहिलो बर्ष उसलाई प्रदान गरिएक पुस्तकहरु प्राय हल्का थिए, जटिल प्रेमकथा भएका, काल्पनिक,सनसनिखेज र हास्यप्रधान कथा भएका उपन्यासहरु थिए।
दोस्रो बर्ष पियानो बज्न छोड्यो र उसले शास्त्रीय संगीतमात्र मगायो। पाँचौ बर्ष फेरी संगीत गुन्जिन थाल्यो, उसले रक्सी मगायो। झ्यालबाट चिहाउनेहरुले भने अनुसार ति बर्षहरु उसले खाने, रक्सी पिउने र ओछ्यानमा हाइ काडेर पल्टिएर मात्र बितायो र उ प्राय आँफैसँग रिसाएर झर्किन्थ्यो, उसले केही गरेन। उसले कुनै किताबहरु पढेन। कहिलेकाही राती उ घण्टौ लेख्थ्यो र बिहान ति सबै च्यातचुत पारेर फाल्दिन्थ्यो। उ रोएको पनि सुनिन्थ्यो।
छैटौ बर्षको अन्तिम ६ महिना उसले अत्यन्त उत्साहका साथ बिभिन्न भाषा, दर्शनशास्त्र र ईतिहास पढ्न थाल्यो। उसले यसरी गहन अध्ययन गर्न थाल्यो कि ब्यान्करलाई ति पुस्तकहरु जुटाउन धरै मेहनत गर्नु पर्यो। उसले ४ बर्षमा ६०० संस्करणहरु किन्नु पर्यो। यही अवधीमा ब्यान्करले उसले लेखेको एउटा पत्र पायो, "मेरो प्यारो जेलर, मैले यि हरफहरु बिभिन्न ६ वटा भाषामा लेखेको छु। यसका विशेषज्ञहरुलाइ पढ्न लगाउनु, यदी उनिहरुले यसमा कुनै पनि गल्ती फेला पारेनन भने एक गोली बगैचामा चलाईदिनु जसले मेरो यो प्रयास सफल भएको मैले थाहा पाउने छु। बिभिन्न उमेरका बिभिन्न देशका विद्वानहरुले भिन्न भिन्न भाषा बोल्छन तर उनिहरुमा एउटै ज्योति बलेको हुन्छ, यदी हजुरहरूले यो बुझ्नु भयो भने यसले मैले पनि उनिहरुलाई बुझ्न सक्छु भनेर मेरो आत्माले अलौकिक आनन्द प्राप्त गर्ने छ" कैदीको इच्छा पुरा गरियो बगैचामा एउटा गोली चलाइयो।
अनि १० औं वर्षपछी उ निश्चल भएर पढ्ने टेबल अघि निकै एकाग्र भएर बाइबल पढीरह्यो। जसले चार बर्षमा ६०० पुस्तक शृंखलाहरूमा निपूर्णता हासिल गर्यो लगभग एक वर्ष एउटा पुस्तकमा अल्झेको देखेर बैंकर छ्क्क पर्यो। त्यस पछी त्यो बाइबल छोडेर उसले धर्म र धर्मशास्त्रका इतिहास समन्धी पुस्तक पढ्न थाल्यो।
कैदका पछिल्ला २ वर्ष उसले असाधारण तरिकाले अध्ययन गर्न थाल्यो उसले प्राकृतिक बिज्ञान, रसायनशास्त्र, चिकित्सा बिज्ञानका पुस्तक सहित सेक्सपियर र बाईरोनका पुस्तक र दर्शनशास्त्रका पुस्तकहरू यसरी पढ्यो यस्तो लाग्थ्यो की कोई समुँन्द्रमा आफ्नो ज्यान बचाउन छटपटाऊँदै भत्केको जाहाजका अवशेष हरू भने पनि समातीरहेको छ।
बैंकर यो सब सम्झीरहेको छ, भोली १२ बजे उ स्वतन्त्र हुने छ। मैले शर्त अनुसार उसलाइ २० लाख तिर्नू पर्छ। म त सदाका लागी बर्बाद हुने छु।
१५ वर्ष अघि उ सँग धेरै लाखहरू थिये तर उसलाइ सम्पति र ऋणको हिसाब आफैलाइ सोध्न पनि हिचकिचाहट हुन थालीसकेको छ।जोखिमयुक्त शेयरबजार, सट्टेबाज़ीबाट अहिले बुढो हुदा पनि आफुलाइ अलग राख्न सकेको छैन जसले उसको ब्यबसाय धराशायी भैसकेको छ। उ पहिलाको आत्मविश्वाशी, निडर र घमण्डी ब्यक्ति अहिले बजारमा आएको सामान्य उतारचढ़ाव बाट पनि थरथर काप्ने भएको छ।
"त्यो अभिशप्त बाजी" बुढो आफ्नो कपाल लुछ्दै बढबढायो " त्यो अहिले सम्म किन मरेन? त्यो भर्खर ४० वर्षको भएको छ।त्यसले मेरो बचेको सम्पति पनि लग्ने भो। त्यसले बिहे गर्छ, शेयरबजारमा लगानी गर्छ, मलाई आरिशे मगन्ते बनाउने भो अनि दिनदिनै मलाई त्यसले मेरो यो सुखी जीवन तपाइले गर्दा भएको म तपाइलाइ सहयोग गर्न चाहान्छु भनेर कति सुनाउला।ओहो यो सहन सकिदैन, म टाट पल्टन र त्यो अपमानबाट जोगिन त्यसले मर्नै पर्छ।"
घडिले ३ बजेको घण्टी बजायो।बैंकर सुनिरह्यो, त्यो घरमा सबै सुतिरहेछन, बाहीर चिसिएका रूखहरूका सूक्सुकाहट मात्र सुनिएको छ। उसले आवाज नआऊने गरी बिस्तारै दराजबाट जुन उसले १५ बर्षदेखी खोलेको थिएन साँचो निकालेर आफ्नो ओभरकोटको गोजिमा राख्यो र घरबाट बाहिर निस्कियो।
बगैचा चिसो र अध्यारो थियो। पानि परिरहेको थियो। आद्र हावाको चिच्याहटले रूखहरूलाइ एक छिन आराम गर्न दिएको छैन। बैंकरले आँखा च्यातेर हेर्दा पनि न भुई देख्न सक्थ्यो न त्यो सेतो मूर्ति न बगैचाको सानो घर न त रूखहरू नै। बगैचाको कुनामा पुगेर उसले सुरक्षा गार्डलाई २ पल्ट बोलायो तर कुनै प्रत्युत्तर पाएन। शायद खराब मौसमले गर्दा गार्डले भान्सा या हरितगृह तिर आश्रय लियो होला अनि त्यही निदाएको हुनु पर्छ।
"यदि मैले आफ्नो इरादा पूरा गर्ने साहास गरें भने शंका त सुरक्षा गार्ड माथी नै जान्छ" बुढोले सोच्यो। अध्यारोमा बुढो बिस्तारै बगैचाको कुनोको मार्गतिर बढ्यो, सलाइ कोर्यो, त्याहा तन्ना नभएको खाट छ, कुनामा फलामको कालो चुलो झुण्डिरहेको छ। कैदिको कोठाको ढोकामा लगाइएको छाप पनि जस्ताको तस्तै छ।
सलाइ बिस्तारै निभ्यो, बुढो भावनाले गर्दा थरथर काँपीरहेछ। उसले बिस्तारै झ्यालबाट भित्र चिहायो।कोठामा मधुरो मैंनबत्ती बलिरहेछ, उ टेबलको अघि निश्चल बसिरहेछ।उसको कपाल र पीठमात्र देखिएको छ।टेबलमा किताबहरू पल्टीएका छन।भुईमा २ बटा कुर्सीहरू उभिएका छन।
पाँच मीनेट बित्यो अँह त्यो कैदी कत्ति पनि चलेन। १५ बर्षको कैदी जीवनले उसलाइ स्थिर बस्न सिकाए जस्तै छ।बुढोले झ्यालमा औंलाहरूले बिस्तारै थपथपायो कैदिले कुनै प्रतिक्रिया नै जनाएन उ निश्चल बसिरह्यो। बैंकरले छाप फुटायो अनि साबधानिपूर्वक ताला खोल्यो। खिया लागेको ताला ख्याराक्क आवाज निकाल्दै खुल्यो अनि ढोका पनि चरमराउदै खुल्यो। बैंकरले पदचाप यो कैदी आश्चर्यले चिच्याएको सुन्ने आशा गरेको थियो तर ३ मीनेट बित्यो कोठा पहिले जस्तै शान्त छ मानौ केही भएकै छैन। उसले भित्र जाने निश्चय गर्यो।
टेबलको अघिल्तिर कुनै साधारण मानिस भन्दा भिन्न उ निश्चल स्थिर बसिरहेछ। उ असाध्यै दुब्लो छ मात्र अस्थिपिंजर जसमा छाला तनक्क तन्काएर टाँसेको जस्तै छ। उसको कपाल महिलाको जस्तै घुम्रिएको छ दारी पनि त्यस्तै छ। उसको अनुहार पहेलो जसमा उमेरका धब्बा स्पष्ट छन। उसका गालाहरू खोपिल्टा परेका छन। उसको ढाड लामो र साँघूरो छ। उ हातमा चींउड़ो अड्याएर अगाड़ि झुकेको छ। उसको दुब्लो र कपाल भएको टाउको हेर्दा साँच्चीकै टिठलाग्दो देखिन्छ। उसको कपालहरू चाँदीजस्तै सेता भइसकेका छन। उसको त्यो वृद्ध दुर्वलता देखेर उसलाइ कसैले पनि चालीस वर्ष उमेरको भनेर बिश्वास गर्दैन।उसको अघिल्तिर टेबलमा एउटा कागज थियो जसमा उसका साना हातले केही लेखेको थियो।
"बिचरा" बैंकरले सोच्यो, " यसले भोली लाखौ पाउने सुखद सपना देखीरहेको होला, यो आधा मरिसकेको मान्छेलाई बस ओछ्यानमा हुर्याएर सिरानीले एकछिन मुख थुनिदिने हो भने कस्तै विशेषज्ञ अनुसन्धानकर्ताले पनि यसको हत्या भएको हो भनेर भन्न सक्दैन। यो भन्दा अघि यसले के लेखेको रैछ पढौ न" बैंकरले त्यो कागज उठायो अनि पढ्न थाल्यो।
"भोली बाह्र बजे म आफ्नो स्वतन्त्रता प्राप्त गर्ने छू, मानिसहरूलाइ भेट्न पाउने छु। भोली सूर्योदय देख्नु अघि मैले तपाइँलाई केही भन्नू आवश्यक ठानेको छू।म भगवान जसले मलाई हेरिरहेछ उसको अघिल्तिर जस्तै आफ्नो पूर्ण होस र विवेकमा यो घोषणा गर्छु की भोलिको त्यो स्वतन्त्रता, जीवन, स्वास्थ्य, ति तिमिले दिएका ति पुस्तकहरू जसलाइ मानिस यो संसार आशीर्वाद ठान्छ ति सबै तुच्छ छन। मैले १५ बर्षसम्म यी सांसारिक जीवनहरूलाइ मेहनतपूर्वक अध्ययन गरे। हो यो सत्य हो मैले संसार सूर्य आदिलाइ भैतिक रुपमा देखिन तर तिमिले दिएका पुस्तकहरुको माद्यमबाट मीठा मीठा सुगन्धित रक्सीहरू पिएँको छु, मैले कयौं गीतहरू गाएको छु।
मैले जंगलमा हरिण र बंदेलहरुको शिकार गरेको छु, मैले तिनै पुस्तकको माध्यमबाट सुन्दर से सुन्दर मायालु स्त्रीहरू सँग प्रेममा पनि डूबेको छु अलौकिक दिव्य रश्मि जस्तै सुन्दरीहरू जसलाइ तिम्रा कविहरू र विद्वानहरूले तिनै पुस्तकहरूमा रचना गरेका छन उनिहरू सधै रातमा म छेउ आउछन अनि मेरा कानमा अद्भुत कथाहरू सुनाउछन जसले मेरो मस्तिष्कलाई नै आनन्द विभोरको भुमरिमा लैजान्छ।
मैले तिम्रा पुस्तकहरू बाट एलबुर्ज, मोन्ट ब्लान्क र सागरमाथाहरू उक्लेको छु जहाँबाट मैले सूर्योदयहरू हेरेको छु, साँझहरूले आकाशलाई छोपेको हेरेको छु, सागरहरू, हिमालका सुनौला र श्वेत चुचुराहरू हेरेको छु। मैले त्याहांबाट मेरो शीरमाथी प्रकाश चम्काएर गएको चट्यांग, आकासका ति चक्रवातहरूहरू देखेको छु। मैले हरिया घना जंगलहरू, खेत खलियानहरू , नदी, ताल र शहरहरू देखेको छु। मैले सुदर्शनधारीका पखेटाहरूलाइ छोएको छु, मैले ति पुस्तकहरूबाट अथाह गहिरा खोचहरूमा उड़ेको छु, जादू देखाएको छु अनि बर्बर हत्याहरू गरेको छु, शहरहरू जलाएको छु अनि नया धर्महरूको रचना र स्थापना पनि गरेको छु,नया राज्यहरूको स्थापना गरेको छू........
तिम्रा पुस्तकहरूले मलाई अनन्त ज्ञान दिएका छन। ति निरन्तर खोज गरिरहेका, अन्वेषण गरिरहेका मानिसहरूले बनाएका ति सम्पूर्ण ज्ञानहरू मेरो सानो मस्तिष्कमा खादिएका छन।मलाई थाहा छ तिमी भन्दा म निश्चय पनि बुद्धिमान छु। आज आएर ति तिम्रा पुस्तकहरू पनि मलाई तुच्छ लागेका छन, ति ज्ञान ,बुद्धिमत्ता र ति आशीर्वादहरु पनि तुच्छ लागेका छन। तिनिहरु पनि बेकार, क्षणिक क्षणभंगुर, मृगतृष्णा जस्तै भ्रमित र छली रहेछन। तिमी जती बुद्धिमान हौ, जतिसुकै गर्व गर, जतीसुकै स्वस्थ र राम्रो हौ मृत्युले तिमिलाइ यो संसारबाट सजिलै बढार्दिने छ जसरी मुसो जमिनको प्वालमा बिलाउछ। तिम्रो उपलब्धि, तिम्रा भावीपिंढी, तिम्रा अमर नायकहरू पनि जलेर खरानी हुनेछन या पृथ्वीमै स्थिर भएर सकिने छन।
तिमिले आफ्नो प्रयोजन या लक्ष्य गुमाइसकेको छौ र गलत बाटो तिर हिडीरहेको छौ, सत्य त्यागेर असत्य बोकेर हिडीरहेछौ, सुन्दरता छोडेर कुरूपता स्वीकारीरहेछौ। गुलाबको फूलबाट घोडाको पसीनाको गन्ध आयो भने, सुन्तला स्याउका बोटमा भ्यागूता र छेपारा फले भने त्यसलाइ तिमी चमत्कार ठानेर पूज्छौ। म त तिमी देखेर चमत्कृत छु जो पृथ्वीलाई स्वर्गसंग बिनिमय गर्छ।म तिमिलाइ बुझ्न चाहान्न।
यसलाइ वास्तविकतामा देखाइदिन की यी सबै कुरा अब तुच्छ भैसके म त्यही २० लाख जुन मैले स्वर्गसदृश्य आनन्ददायक ठानेको थिये त्यस्को तुच्छता सावित गरिदिन र त्यो पुरस्कार बाट वन्चित हुनको लागी म निश्चित समयको पाँच घण्टा आगावै यो ठाऊ छोडेर जाने छु ताकि यो शर्तको उल्लंघन होस।"
बैंकरले जब त्यो पढ्यो उसले त्यो कागज टेबलमा राख्यो, त्यो अनौठो मान्छेको निधारमा चुम्यो र रूदै त्यो सानो घरबाट बिस्तारै बाहिर निस्कियो। उसलाइ शेयरबजारमा गम्भीर घाटा हुदा पनि त्यस्तो आहात भएको थिएन। उसलाइ आफु प्रति चरम घृणा लागीरहेको थियो।उ ओछ्यानमा त पल्टियो तर मनमा खेलेका भावनाले उ निदाऊनै सकेन।
भोली पल्ट बिहानै उसको सुरक्षा गार्डले हस्यांगफस्यांग गर्दै आएर सो कैदी त्यो सानो घरको झ्याल बाट उक्लियेर मूलगेट हुदै निस्केको खबर सुनायो।बैंकर सुरक्षा गार्ड संगै गएर कैदीले आफ्नो शर्त तोडेर निस्केको प्रमाणित गर्यो अनि कसैले धेरै कुरा नकाटोस हल्ला नगरोस भनेर सो कागज सुटुक्क उठायो जसमा लाखौ त्यागिएको थियो लगेर आफ्नो सेफमा सुरक्षित राख्यो।
अनुवाद : दीपेस मूर्ति पन्त
निर्जन अनुभूति
इच्छाहीन मनले बोकेको
सीमाहीन आनन्दको लय
सीमाहीन आनन्दमा अवस्थित
असीमित सौन्दर्य त्यो प्रकृति
किन चिम्लनु ती आँखाहरू
बाँधेर इच्छा र अभिलाषाका काला पट्टिहरू
किन भर्नु त्यो निर्जन सुनसान मौलिक शान्तिमा
त्यो कोलाहल
त्यो सृजित भय अनि
त्यो मिथ्या अस्तित्व बोझको
एकदिन धुवाँ जस्तै उडेर जाने,
मस्तिष्कका कोष सङ्गै मरिजाने
शरीरका अङ्गहरूसङ्गै शिथिल हुने
ती इच्छाहरू ति प्राप्तीहरु
तिनैको खोजीमा धनुष झैँ दोब्रदै,
ताँदो झैँ तन्किदै
अनि बाण जस्तै उछिट्टिदा
एक अनिश्चयको त्रासमा थर थर हुँदै
कुरुप दुर्गन्धित लक्ष्यमा गाडिएर
अर्को मिथ्यानुभुति "मेरो लक्ष्यभेदन"
अनि फेरि सड्ने पर्खाइ
आफ्नो या त लक्ष्यको
स्वतन्त्रताको आशमा जेलिएको
त्यो दास जीवन त्यो कुरुप बन्धन
अनि फेरि आशाको पहिरोमा पुरिने?
अहँ! स्वीकार्य छैन
त्यो जसको मन बाँधिएको छैन
उ स्वतन्त्र हो
जसको मस्तिष्कमा कथाहरु भरिएका छैनन्
उ मौलिक हो
उसले ती आँखाहरुलाई घृणा गर्दैन
चाँहे तिनले भ्रम देखाउन्
उसले ती कानहरूलाई सराप्दैन
चाँहे तिनले मिथ्या सुनाउन्
उ स्वतन्त्र छ,
उ खाली छ
अनि भारबिहिन छ
जस्तो ब्रम्हाण्डमा हुर्रिएको
त्यो प्रकाश तरङ्ग
आवृत्ति बिनाको
असीमित आयाममा
प्रेम, आनन्द र उल्लासका रासायनिक प्रतिक्रिया
हामी कहिले ओशो तपोवन तिर गएका छौँ भने हामीलाई थाहा छ होला, त्यहाँ सङ्गीतको तालमा बेस्सरी नाचिन्छ ता कि हाम्रो शरीर थाकेर लस्तपस्त होस्।अनि शवासनमा पल्टेर शान्त भए पछि ओशोको प्रवचन बजाइन्छ। यसै उनको मधुर र शान्त स्वर कता कता अनन्तमा गुञ्जीन्छ। त्यहाँ उनले भने जस्तै एक आनन्द स्थिरता अनुभव हुन्छ।शरीरमा उर्जा सञ्चार अर्थात् कतै कुण्डलिनि शक्ति मूलाधार देखि सहस्त्रार चक्रसम्म नृत्य गर्दै छ कि भन्ने लाग्छ।
पूर्वीय दर्शनको पतञ्जलि योग अन्तर्गत अष्टाङ्ग योगमा विभिन्न चरणहरू छन्। यो शारीरिक, मानसिक र आत्मिक शुद्धिकरणको एक मात्र प्रयोगात्मक बिधि हो भन्दा पनि फरक पर्दैन।यसै अनिसार मान्छे मुक्ति अर्थात बुद्धत्व प्राप्ति गर्न सक्छ भनिएको छ। यसका क्रमिक अङ्ग यसप्रकार छन्।
१.यम (अहिंसा, सत्यवादन, अस्तेय(चोरी नगर्नु), व्रम्हचर्य, अपरिग्रह(आवश्यकता भन्दा बढी संचय नगर्नु)
२.नियम (शरीर र मनको शुद्धि, सन्तुष्टि, अनुशासन, आत्मचिन्तन र प्रकृति प्रदत्तता)
३.आसन( योगासन र शारीरिक ब्यायाम द्वारा शरीरमाथि नियन्त्रण स्थापित गर्नु)
४.प्राणायाम (श्वासप्रश्वासको अभ्यासले यसलाई पनि नियन्त्रण स्थापित गर्नु)
५.प्रत्याहार (ज्ञानेन्द्रीय र कर्मेन्द्रियहरु माथि नियन्त्रण स्थापित गर्नु)
६.धारणा (मन र मष्तिस्कमाथि नियन्त्रण स्थापित गर्नु)
७.ध्यान
८.समाधि अर्थात मुक्ति अर्थात वुद्धत्व
यो प्रक्रिया क्रमिक रुपमा या चरणबद्ध रुपमा हुनुपर्छ भनेर अष्टाङ्ग योगले भन्छ। ध्यान भनेको पलेटी कसेर या जवर्जस्ती कुनै आसन चाहे बज्रासन होस् या सुखासन या पद्मासन घटित हुदैन। पहिला यम दोस्रो नियमको पालना गरे पछि बल्ल आसन अन्तर्गत शारीरिक ब्यायाम अनि प्राणायाम अन्तर्गत श्वासप्रश्वासको कडा मिश्रण पछि शरीर र मन दुवै स्वस्थ हुन्छन अनि मात्र प्रत्याहार मार्फत इन्द्रियको स्थिरता र धारणा अन्तर्गत मनको स्थिरता भए पछि मात्र ध्यान घटित हुन्छ।
अहिले धेरै आध्यात्मिक गुरुहरू देखि मानसिक तथा शारीरिक स्वास्थ्यमा हास्य चिकित्साको पनि प्रयोग गर्छन्, मज्जाले हाँस्ने, गाउने, भजनमा नाच्न लगाउने आदि शारीरिक क्रियाकलाप पनि खुब गराइन्छ। पतञ्जलि अष्टाङ्ग योगमा यसको रहस्य पाउन सकिन्छ। यम र नियमबाट अर्थात् खानपान र बानी व्यहोराबाट शरीर स्वस्थ भए पछि शुरू हुन्छ आसन र प्राणायाम जसले शरीरलाई भौतिकरुपमा थकाए पछि बल्ल ध्यानका प्रक्रिया शुरू हुन्छन्। त्यसै पलेटी कसेर आँखा चिम्म गर्दैमा ध्यान घटित हुँदैन।
कुण्डलिनी योगमा ओशो रजनीश भन्छन् कडा परिश्रमबाट भौतिक शरीर थकाए पछि बल्ल सुक्ष्म शरीर अर्थात् आन्तरिक शरीरको जागरण हुन्छ। कुण्डलिनी योग भन्ने पुस्तक हेर्ने हो भने त्यहाँ कयौँ तरिकाको वर्णन गरिएको छ जसको लक्ष्य भनेकै भौतिक शरीर मज्जाले थकाउनु हो।
म आफै मार्शल आर्टको अभ्यासी र साइकल यात्री भएकाले के स्पष्ट दावी गर्न सक्छु भने कुनै पनि कृतिम नशा भन्दा कडा शारीरिक परिश्रमले बढी आनन्ददायक नशा दिन्छ। त्यसैले त नशा दुर्व्यसनको उपचार गर्दा बढी शारीरिक परिश्रमलाई प्रमुख स्थान दिइन्छ।
अब प्रश्न आउँछ आनन्द, ध्यान आदि के आत्मा परमात्मा सङ्ग जोडिएका छन् त? यदि स्नायु विज्ञानको विश्लेषण गर्ने हो भने प्रेम घृणा भक्ति देखि दुःख पीडा आनन्द ध्यान आत्मिक अनुभूति आदि सबै नितान्त शारीरिक प्रकृयाहरु हुन्। शरीरले आफैले उत्सर्जन गरेका केही रसायनहरू जसलाई हामी हर्मोन्स (Hormones) हरुको कार्य हो।
जति सुकै महानताको गफ गरे पनि, आत्मा परमात्मा सङ्ग जोडे पनि स्नायुबिज्ञान अनुसार, प्रेम पनि रिस, घृणा, भक्ति, करुणा जस्तै मानवीय संवेदना र ब्यबहार हो जसलाई मस्तिष्कको निर्देशनमा विभिन्न ग्रन्थिहरुले उत्सर्जन गर्ने निश्चित हर्मोनहरुको अर्थात रसायनहरुको कारणले नितान्त मान्छेको शरीरमा घटित हुने एक शुद्ध शारीरिक प्रक्रिया हो। यसमा आत्मा परमात्मा माहनता या नीचता केहि पनि छैन।
इन्डोर्फिन (Endorphin): धावकको नशा (the Runner's high)
तपाईँ लामो दूरी दौडिनु भएको छ? दुई चार किलोमिटर होइन अझै लामो दूरी दौडिसके पछि यस्तो लाग्छ समय भए अझै दुई चार किमि केही होइन। थकित शरीरमा एउटा अचम्मको उल्लास, उन्माद (Euphoria) उत्पन्न हुन्छ, एकाएक मन अल्हादित हुन्छ। त्यसलाई हामी Runner's high भन्छौँ। त्यो थकित शरीरमा एकाएक उल्लास ल्याउने के हो त? त्यो हो इण्डोर्फिन् (Endorphin) जुन हाम्रो शरीरको केन्द्रीय स्नायु प्रणाली (Central Nervous System) पिट्युटरी ग्रन्थी (Pituitary Gland) को सहकार्यमा हाम्रो शरीरमा उत्सर्जित हुन्छ।
इण्डोर्फिनले अफिम अथवा मर्फिनले जस्तै हाम्रो शरीरमा कार्य गर्छ। कडा शारीरिक परिश्रमको कारणले शरीरको दुःखाईको सूचना मस्तिष्कमा पुग्छ मानव मस्तिष्कले त्यसैको प्रतिक्रिया स्वरूप इण्डोर्फिनको उत्पादन गर्छ जुन प्राकृतिक रुपमा दुखाइ कम गर्ने रसायन हो। यो रक्त प्रणालीमा घुल्नासाथ मानिसलाई चरम उल्लासित बनाउँछ त्यसैले कडा शारीरिक परिश्रम गर्ने व्यक्ति लामो समय सम्म काम गर्न सक्ने, अवसाद (depression) र चिन्ता व्यग्रता (Anxiety) बाट मुक्त हुन्छ।
न्युरोट्रान्समिटर ((Neurotransmitter) के हुन्?
एक जना कडा शारीरिक अभ्यास गर्ने चाहे त्यो मार्शल कलाका अभ्यासी हुन् या जिममा पसिना बगाउने हुन्। योगाभ्यास गर्ने योगी हुन् या कुनै नृत्याङ्गना या कुनै लामो दूरीका धावक सबैले प्राप्त गर्ने उन्माद एउटै हो आनन्द एउटै हो किनकी सबैको शरीरमा उत्पन्न इन्डोर्फिन लगायतका न्युरोट्रान्समिटरहरु हुन्।
Neurotransmitter हरु त्यस्ता रासायनिक पदार्थ हुन् जसले विभिन्न किसिमका सूचनाहरू एक स्नायु तन्त्रिका बाट अर्को स्नायु तन्त्रिका सम्म पुर्याउने काम गर्छन्। हाम्रो शरीर भरिनै यस्ता तन्त्रिकाहरुको जाल हुन्छ। शरीरको एउटा तन्त्रिकाले सङ्केत या सूचनालाई विद्युतिय सङ्केतबाट रासायनिक सङ्केतमा बदल्छ त्यही रासायनिक सङ्केतलाइ अर्को तन्त्रीकाले प्राप्त गर्छ। यसरी हाम्रा इन्द्रीयहरूले सूचनाहरू मस्तिष्कमा पुर्याउँछन् अनि फेरि मस्तिष्कले तिनै सूचनाहरुको आधारमा प्रतिकृया जनाउँछ। ती प्रतिक्रियाका आधारमा मस्तिष्कले पनि तिनै तन्त्रिकाहरुको माध्यम हुँदै विभिन्न अङ्गहरूलाई सूचना , निर्देशनहरू दिन्छन्। त्यही सूचना सङ्केत बोकेका रासायनिक पदार्थलाई हामी neurotransmitter भन्छौ।
यिनीहरू जटिल रासायनिक संरचना भएका धेरै प्रकारका हुन्छन्। प्रमुख neurotransmitter हरुमा Dopamine, Serotonin, Dopamine, Acetylcholine, GABA, Glutamate, Norepinephrine, Endorphins आदि हुन्। यिनीहरूको संरचना कार्यक्षेत्रहरु जटिल छन् तैपनि हामीले के भन्न सक्छौँ भने यिनीहरूको असन्तुलनले मानिसमा धेरै प्रकारका शारीरिक तथा मानसिक असन्तुलनहरु आउँछन्।
प्रेम: आत्मिक अनुभूति या जटिल रासायनिक प्रतिकृया?
स्नायु बिज्ञान अनुसार प्रेम आकर्षण आदिको प्रक्रिया बुझ्न हामीले धेरै प्रेमिल मस्तिष्कको MRI गरेर हेर्यौ। त्यसमा मस्तिष्कको त्यो भाग बढी सक्रिय भएको पाइयो जसले डोपामाइन (Dopamine) भन्ने रसायनको उत्सर्जन गर्थ्यो जसलाई हामि आनन्ददायक न्युरोट्रान्समिटर (Neurotransmitter) भनेर चिन्छौ। प्रेमिल भावले पनि मस्तिष्कको त्यहि भागलाइ बढी सक्रिय गराएको पाईयो जुन भाग प्रेरणा (Stimuli) प्रतिक्रिया (Response) पुरस्कार (Reward) को चक्रले मानव ब्यबहारलाइ निर्देशित गर्छ।
त्यहि भागले मान्छेको ध्यान केन्द्रित गर्ने, आनन्दित पार्ने र पुरस्कारको ग्रहण गर्ने पनि गर्छ। जब मानिस यहि कथित प्रेमको चक्करमा पर्छ त्यो बेला मस्तिष्कको त्यहि भागले अन्य हर्मोनहरु विशेषगरि कोर्टिसोल (Cortisol) को उत्सर्जन गर्छ जसलाई हामि तनाव हार्मोन (Stress Hormone) भन्छौ जसले मानिसको श्वासप्रश्वास बढाउने, चिटचिट पसिना आउने, गाला रातो हुने, नशा एकोहोरो र डरको भावना पैदा गराउछ। जब कोर्टिसोलको मात्रा बढ्दै जान्छ यसले अर्को न्युरोट्रान्समिटर सिरोटोनिनको (Serotonin) मात्रा घटाईदिन्छ। सेरोटोनिन त्यो हार्मोन हो जसले मान्छेको मनोदशालाइ स्थिर र खुसि राख्छ, जसको असन्तुलनले मान्छे अवसाद अर्थात डिप्रेसनमा जान्छ। त्यसैले असन्तुलित सेरोटोनिनले व्यक्तिलाइ प्रेममा एकोहोराउन आक्रामक बनाउन र डिप्रेसनमा धकेल्दीन सक्छ।
प्रेमका अवस्थामा अक्सिटोसिन( Oxytocin ) जसलाई हामि प्रेम हार्मोन (Love Hormone) भन्छौ बढी यौनजन्य शारीरिक सम्पर्कको बेला बढी उत्सर्जित हुन्छ र भेसोप्रेसिन (vasopressin) जस्ता हर्मोनहरु पनि उत्सर्जित हुन्छन जुन गर्भावस्था र आमा र बच्चा बीचको समन्धलाइ प्रभावित गर्ने हार्मोनहरु हुन्। डोपामाइनको उत्सर्जनले मानिसमा कोकिन सेवन गर्दा जस्तैको उल्लासोन्माद ( Euphoria) गराउने भएकाले पुरस्कार चक्रमा मानिस प्रेमलाइ आत्मिक परमात्मिक अलौकिक सोच्न सक्छ। जे होस् यो प्रेम भन्ने चिज पूर्णतया शारीरिक अझ स्पष्ट भन्ने हो भने मानिसको यौनिक ब्यबहार सङ्ग नै जोडिएको छ।
प्रेरणा (Stimuli) प्रतिक्रिया (Response) पुरस्कार (Reward)
एकपल्ट कार्यक्रम दिशानिर्देशमा वरिष्ठ नृत्याङ्गना मिथिला शर्माले भनेकी थिइन् म नाच्दा नाच्दै यस्तो अवस्थामा पुग्छु जहाँ एकाएक शून्य हुन्छ। त्यसको जवाफमा विजय कुमारले पनि अन्तर्वार्ताको क्रममा उनी पनि एकाएक निशब्द हुन्छन् एक शून्य अर्थात् Void को अवस्थामा पुग्छन्। त्यो एक यस्तो उन्मादको (Euphoria) कै अवस्था हो जहाँ मनुष्यलाई एउटा छुट्टै अलौकिक जस्तो वर्णन नै गर्न नसकिने अनुभूति हुन्छ त्यसका कारक तत्वहरू तिनै neurotransmitter हरु हुन भन्न सकिन्छ।
योग र प्राणायामको कतिपय अवस्थामा आध्यात्मिक गुरुहरुले विचारशून्य मस्तिष्कको उल्लेख गरेका छन्। ती अलौकिक र आध्यात्मिक आत्मिक लाग्ने अनुभूतिहरुको पछाडि तिनै neurotransmitter हरुको खेल बुझ्न गाह्रो पर्दैन।
मानिसहरू शारीरिक अभ्यास प्रति किन मोहित छन् त? यसको लागि हामी एउटा उदाहरण लिन सक्छौं। चिनियाँ मार्शल कला कुङ्ग फु (Kung Fu) को जननी मानिने Shaolin Temple मा रहेका भिक्षुहरूले आत्मरक्षाको लागि शुरू गरेको यो कलाको कठिन अभ्यासले उनीहरूको शारीरिक क्षमताको विकास त छँदै छ, उनीहरूको मानसिक स्वास्थ्य र स्थिरतामा इन्डोर्फिनको भुमिका हुन्छ। कडा शारीरिक श्रम पश्चात उनीहरूले ध्यानको अवस्था प्राप्त गर्दछन् जुन आत्मिक या परमात्मिक नभई Endorphin लगायतका शरीरमै बनेका आनन्ददायक न्यूरोट्रान्समिटरहरु प्रदत्त रासायनिक प्रतिक्रियाहरु हुन्।
प्रेरणा (Stimuli) प्रतिक्रिया (Response) पुरस्कार (Reward) यस्तो एउटा चक्र हो जुन मानव लगायत प्रत्येक जनावरको व्यवहार र क्रम विकास दुवैलाई निर्देशित गर्छ। हामीले जनावरलाई तालिम दिँदा यही चक्रको प्रयोग गर्छौं। जनावरको कुनै व्यवहारलाई हामीले सुदृढीकरण (Reinforcement) या निराकरण गर्न हामीले पुरस्कार चक्रको प्रयोग गर्छौं। कुनै व्यवहार देखाउँदा पुरस्कार दिने गर्नाले जनावरमा बिस्तारै त्यस व्यवहार सुदृढ हुँदै जान्छ भने नकारात्मक पुरस्कारले निश्चित व्यवहार निराकरण हुन्छ।
गाँजा जस्ता वनस्पतिमा केही त्यस्ता रसायन हुन्छन् जसले तिनै neurotransmitter हरुको जस्तै कार्य गर्न सक्छन्। जस्तो गाँजामा हुने THC ले स्नायु प्रणालीको त्यो क्षेत्रलाई उत्तेजित बनाउँछ जसले Dopamine काे उत्सर्जन गर्छ। मानिसको गाँजा तान्ने व्यवहार अब सुदृढ हुँदै जान्छ किनकी THC ले गर्दा शरीरले पुरस्कारको रुपमा शानदार neurotransmitter Dopamine प्राप्त गरेको छ जसले मानिसलाई आनन्दको अनुभूति गराउँछ।
त्यस्तै गाउँदा, गहन अध्ययन गर्दा, कडा शारीरिक अभ्यास गर्दा चाहे त्यो नृत्य होस्, या मार्शल कलाको अभ्यास या योग होस् या प्राणायाम या अन्य कुनै शारीरिक कार्य गर्दा होस्, यिनै neurotransmitter हरु उत्सर्जित हुन्छन्। त्यो पुरस्कारको लागि ती व्यवहार तथा कार्यहरू बिस्तारै सुदृढ हुँदै जान्छन्। यो एक दुई व्यक्तिमा मात्र नभई मनुष्य लगायत सम्पूर्ण प्राणीहरूको क्रम विकासको प्रत्येक चरणमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
हाम्रो शरीरमा रहेका स्नायु तन्त्रीकाहरु र हर्मोनहरु उत्सर्जित गर्ने ग्रन्थि अनि दुवैलाई एक व्यवस्थित स्वरुपमा सञ्चालन गर्ने मानव मस्तिष्कको कार्य धेरै जटिल छ। हाम्रा संवेदनाहरु, अनुभूतिहरु जो हामी अलौकिक आत्मिक भन्ने ठान्छौँ। यिनै जटिल रासायनिक यौगिकहरुका असन्तुलनले देखिने मानिसका अचम्मका र असन्तुलित व्यवहारहरु पनि हामीले अलौकिक, पराप्राकृतिक र असाधारण मानेर भ्रमित पनि हुन्छौँ। यसैको आधारमा धेरै व्यक्तिहरू, आध्यात्मिक गुरुहरू र अलौकिक शक्ति सम्पन्न भएको दावी गर्ने हरुको भ्रमजालमा हामी फस्न पुग्छौँ। बोक्सि, भूत, प्रेत लागेको देखि माता देवता चढेको जस्ता हास्यास्पद कुराहरूको चक्करमा हामी पर्छौँ।
आफ्नै शरीरले उत्सर्जन गर्न सक्ने neurotransmitter हरुको लागि अफिम, कोकिन, गाँजा आदि लागू औषधको दुर्व्यसनमा फसेँर धेरैले आफ्नो जिन्दगी सखाप पारेका छन् भने डिप्रेसन र इञ्जाइटीको कारणले कति मानिसहरू आफ्नो जीवन बाँच्न संघर्ष गरिरहेका छन्। हाम्रो शरीरमा भएका हर्मोनहरुको असन्तुलनले गर्दा उत्पन्न यस्ता परिस्थितिहरूलाइ बेलैमा बुझ्नु जरुरी छ।
अझ चर्को समस्या त यस्तै हर्मोनका कारणले अनुभूति भएका उन्माद, नाद र प्रेम भक्तिका आधारमा चर्चका पादरीहरु, कृष्णभक्त बाबाहरु, मौलानाहरुले निर्दोष व्यक्तिहरुको यौनशोषण समेत गरेका छन्। कति महिला पुरुषहरु यसैको घनचक्करमा परेर बर्बाद भएका छन्। यो सबै आफ्नै शरीरका विभिन्न प्रकृयाहरु चिन्न नसकेर यिनै प्रक्रियालाइ माहान आत्मिक परमात्मिक भनेर भजाउँदा आज धेरै व्यक्तिहरू शोषणको जालमा परेका छन्।
आफ्नो शरीरलाई सक्रिय राखौ। त्यसको लागि नृत्य गर्नुहोस् या खेल खेल्नुहोस् या मार्शल कलाको अभ्यास गर्नुहोस् या योग प्राणायाम गर्नुस् या पढ्नुहोस् या बाजा बजाउनुहोस् या चित्र बनाउनुहोस्। जसरी पनि यी neurotransmitter हरुको उत्सर्जन शरीरमा भइरखोस् अनि पुरस्कार उत्प्रेरणा र प्रतिक्रियाको प्राकृतिक चक्र चलिरहोस्। आनन्दित हुनुहोस, अल्हादित र मस्त रहनुहोस्। त्यो तपाईंको आफ्नै शरीरमा छ।
तारा: एक वास्तविक रचनाकार!
"हामीले सुन्दै आएका थियौँ, एउटा चिज हुन्छ "पारसमणि (Philosopher's Stone)" जसले मा छुवायो भने फलाम सुनमा परिणत हुन्छ। "अल्केमी तन्त्र" भन्ने पुस्तकमा पनि फलामलाई कसरी सुनमा बदल्ने भनेर धेरै जडी बुटीको उल्लेख गरेको पढेँ। कतिपय भारतीय आध्यात्मिक गुरुहरुले विभिन्न पुस्तकमा त्यस्ता दावी पढ्न सकिन्छ। एक भारतीय आध्यात्मिक गुरु नारायण दत्त श्रीमालीले आफैले प्रयोग गरेको भनेर पनि प्रवचन पनि दिएका छन्। उनले पारो (Mercury) लाइ विभिन्न चरणमा प्रशोधन गरेर पारसमणि बनाउन सकिन्छ जसले फलामलाई तत्काल सुनमा परिणत गर्न सक्छ जुन आफैले प्रयोग गरेको भनेर पनि दावी सहित भनेर लेखेका छन्।फलाम सबै भन्दा स्थिर नाभी भएको तत्व हो अर्थात् फलामलाई नाभिकीय संयोजन (Nuclear Fusion) गर्नको लागि विशाल शक्तिको आवश्यकता हुन्छ। सूर्यले समेत फलामको नाभिलाई संयोजन गरेर अर्को तत्व बनाउन सक्दैन। यसको लागि सूर्य भन्दा २५ औँ गुणा ठूला विशाल ताराहरूको जीवनको अन्त्यमा गर्ने महाविष्फोट को आवश्यकता हुन्छ। त्यसैले ती गुरुहरुले झुटो दावी गरिरहेछन् भन्ने कुरा Physical Chemistry पढ्नासाथ मैले बुझी हालेँ।जब मैले Physical Chemistry पढ्न थालेँ त्यतिबेला मलाई रासायनिक प्रतिक्रिया (Chemical Reaction) र नाभिकीय प्रतिक्रिया (Nuclear Reaction) को बारेमा बुँझे। एउटा तत्वबाट अर्को तत्वमा बदलिने प्रक्रिया ती गुरुहरुले भने जस्तो सहज हुँदो रहेनछ भन्ने थाहा भयो। चाहे नाभी विखण्डन (Nuclear Fission) होस् नाभी संयोजन (Nuclear Fusion) हुँदा विशाल शक्ति उत्पन्न हुन्छ। त्यो अणुबम विष्फोट देखि सूर्यको शक्ति उत्पादन प्रक्रियामा बुझी सक्यौँ। श्रीमाली र उनका शिष्यलाई रासायनिक प्रतिक्रिया र नाभिकीय प्रतिक्रियाको बीचमा फरक नै थाहा रहेनछ नत्र एउटा घोलमा फलाम हालेर सुन सुन्छ भनेर लेख्ने बोल्ने गर्दैनथिए होलान्। "
तत्वहरू (Elements)
तत्वहरूको रचना
![]() |
Expansion of the universe |
तारा: ब्रह्माण्डको उज्यालो देखि तत्वहरूको रचना
![]() |
सौर्य मण्डलका ग्रह देखि विभिन्न प्रकारका ताराहरूको तुलना |
ताराको मृत्यु
![]() |
Evolution of Stars (ताराहरूको जीवन) |
सुपरनोभा Supernova
![]() |
Eta Carinae Supernova Explosion |
![]() |
गङ्गटो निहारिका (crab nebula) १०५४ CEमा देखिएको थियो जुन जापानी तथा चिनियाँहरूले पाहुना तारा (Guest Star भनेर उल्लेख गरेका छन् |
न्यूट्रोन तारा (Neutron Star)
![]() |
पल्सर (Pulsar) :तिब्र गतिमा घुमिरहेको न्यूट्रोन तारा |
सेतो फुच्चे तारा ( White Dwarf)
![]() |
Cat's eye Planetary Nebula: बीचमा white dwarf तारा |
![]() |
white dwarf star |
![]() |
Red Giant Star roasting Jupiter like Planet |
![]() |
Periodic Table: कुन तत्व कसरी सृजित भयो |
ज्योतिष: अन्तरिक्ष विज्ञानको कसीमा

मनोवैज्ञानिक B F Skinner ले एउटा प्रयोग गरेका थिए। सो प्रयोगमा एउटा बन्द बाकसमा भोका परेवाहरू राख्थे। बेला बेलामा त्यो बाकसमा खाना हालिदिन्थे। अलिक समय पछि परेवाहरुमा अनौँठो तर निश्चित तथा लगातारको व्यवहार देखिन थाल्यो। एउटा एकै ठाउँमा फनफनी घुम्थ्यो, एउटा घडीको उल्टो दिशा तर्फ वृत्ताकार घुम्थ्यो। ७५% परिवारहरूले त्यस्तै अनौँठो व्यवहार लगातार देखाइरहन्थे। यहाँ परेवाहरु अब अन्धविश्वासी भइसकेका थिए। परेवाहरु बन्द बाकसमा भएकाले Skinner ले उनीहरूको व्यवहार देख्न सक्दैनथे। उनीहरूले जे सुकै गरे पनि खाना लगातार दिई नै रहेका थिए। परेवाहरु चाहिँ निश्चित व्यवहार देखाउँदा खाना आउने रैछ भन्ने अन्धविश्वासमा परिसकेका थिए। जसरी परेवा अन्धविश्वासी भए मानिसहरू पनि त्यसरी नै अन्धविश्वासी हुन्छन्।
बिज्ञान के हो?
तारा तथा ग्रहहरू
राशी के हो?
विशाल दूरी
प्रेत तारा
सीमित तारामण्डल
ज्योतिषको अहिले सम्म प्राप्त सुचनाहरुले किन ति १२ बटा मात्र तारामन्डलको मानिसको जीवनमा महत्व छ किन अन्य तारामन्डलहरुको छैन जुन आकारहरु पूर्णतया काल्पनिक हुन त्यस्को जानकारी दिदैनन।
जबकि हिउँदको रातको शानदार तारामण्डल Orion उज्वल तारा Betelgeuse सूर्य भन्दा ९५० गुणा ठूलो र ६४२ प्रकाशवर्षकाे दूरीमा छ भने उत्रै उत्रै तारा वृश्चिक राशिको तारा Anteres सूर्य भन्दा ७०० गुणा ठूलो ५५४.५ प्रकाशवर्ष टाढा छ। तर Betelgeuse कुनै पनि राशिमा पर्दैन न Orion जस्तो विशाल विशाल ताराहरूको समुह (अझ यसको निहारिका (Orion Nebula) मा नयाँ ताराहरूको जन्म हुन्छ) त्यसको ज्योतिषमा कुनै महत्व छैन। उनीहरुको प्रभाव पनि अन्य राशिको सापेक्ष उस्तै हुनु पर्ने हो तर ज्योतिषले अन्य धेरै तारामण्डल लाइ महत्व दिएको छैन जवकि अन्य तारा मण्डलहरुका ताराहरु सापेक्षित विशाल, नजिक पनि छन् साथै तारामण्डल पनि ठूला छन्।
यसको कुनै व्यवस्थित तथा ठोस कारण ज्योतिषले दिएको छैन। ताराहरूको वर्गीकरण धेरै जटिल छ। जुन शास्त्रले सूर्यलाई ग्रहको रुपमा बुझ्छ त्यसबाट यति धेरै जटिलताको विश्लेषणको आशा गर्नु पनि हुँदैन।
निरन्तर परिवर्तन
राशि स्वभाव
हामीले बिना आधार कल्पना गरेर जनावर तथा वस्तुहरूको काल्पनिक आकार दिइएका ती राशिमण्डलहरु त्यसैको आधारमा कोई स्थिर स्वभावको राशि कोई चपल अर्थात् अस्थिर राशि भनेर भन्छौ। उदाहरणको लागि मकर राशि चपल, कुम्भ राशि स्थिर। उस्तै तारा हरुले बनेका यी राशी मण्डलहरू अर्थात् तारामण्डलहरु कसरी स्थिर या चपल हुन्छन्। कसरी उनीहरूको जनावर वस्तुहरूको गुणहरुलाई प्रक्षेपण गर्न सकिन्छ? त्यसको आधार के हो?
यसको उत्तर व्यवस्थित उत्तर ज्योतिष सङ्ग छैन। मेष अर्थात् भेडो भएर चपल, कुम्भ घैटो भएर स्थिर जवकि ती राशिहरूको आकार त बिल्कुल काल्पनिक छ। हामीले बादललाइ हेरेर कोई घोडा कोई बाघ, कोई हिमाल जस्तो काल्पनिक आकार बनाउँछौं। त्यो बादल बाघ हो चपल छ, त्यो हिमाल हो त्यो स्थिर छ भन्नु कत्तिको वैज्ञानिक हुन्छ आफै विचार गरौँ।
राशि स्वामी
जस्तो सिँह तारामन्डलको स्वामी सुर्य हो (जबकी सुर्य पनि एक प्रकारको तारा नै हो त्यो अन्य ग्रहहरु जस्तो होइन) मकर, कुम्भको स्वामी शनि हो। त्यो कसरी भयो भन्ने कुरामा पनि ज्योतिष सन्तोषप्रद उत्तर दिन सकेको छैन। ग्रहको अवस्थितीहरु चाँही जुन तारामण्डल सँगै जुन ग्रह हुन्छ त्यो त्यही राशीको हुन्छ।
ति उच्च निच हुने अवस्था के कारणले हुन्छ जस्तो सुर्य मेशमा उच्च हुने तुलामा निच हुने, शनि तुलामा उच्च र मेशमा निच हुने कारणहरु के हुन ति पनि उच्चारित गरिएको छैन। ज्योतिषले राशिहरू स्वामी र ग्रहहरूको गुण दोषको विचार पनि केही धार्मिक ग्रन्थका पात्रहरूको आधारमा गरेको छ। तर धर्म ग्रन्थका पात्र केही पृथ्वीका केही व्यक्तिहरू थिए भने तारा तथा ग्रहहरू भनेका आकाशीय पिण्डहरू हुन्।
ग्रहहरूको वर्गीकरण
सुर्य: एक तारा
अन्य ग्रहहरू
चन्द्रमा एक्लो छैन
चन्द्रमा पृथ्वीको एक तिहाई भन्दा थोरै सानो छ। यसलाई अन्य ग्रह त्यसमाथि सुर्य सङ्गै राख्नु एक प्रकारले हास्यास्पद नै हो। तैपनि चन्द्रमा यो हाम्रो सौर्य मण्डलमा एक्लो चन्द्रमा होइन। पृथ्वी बाहेक अरु ग्रहहरू जस्तो मङ्गल, बृहस्पति, शनि सङ्ग पनि चन्द्रमाहरू छन्। बृहस्पति र शनि सङ्ग त अनगिन्ती चन्द्रमाहरु छन्।
ग्यालिलियोले आफ्नो सानो टेलिस्कोपबाट नदेखिन्जेल बृहस्पतिका चारवटा विशाल चन्द्रमाहरुको जानकारी कसैलाई थिएन। अहिले हामीलाई थाहा छ मङ्गल सङ्ग २ वटा, बृहस्पति सङ्ग ७९ र शनि सङ्ग ८२ वटा कम्तीमा चन्द्रमा रहेका छन्। पृथ्वीको हाम्रो चन्द्रमा पाँचौं स्थानमा पर्छ। यो भन्दा ठूलो Ganymede (बृहस्पति), Titan (शनि), Callisto र Io (बृहस्पति) क्रमश: पर्छन्।
अझ Ganymede (२६३४.१ किमि अर्धव्यास), Titan (२५७४.७ किमि) त बुध ग्रह (२४३९ किमि) भन्दा ठूला छन् भने Callisto (२४१०.३ किमि) बुध जत्रै छ। त्यसैले पृथ्वीको चन्द्रमालाई महत्व दिएर ती ग्रह भन्दा पनि ठूला अरु चन्द्रहरुलाई नजरअन्दाज गर्न त पक्कै मिल्दैन। किन गरियो त?
उत्तर साधारण छ तिनीहरू नाङ्गो आँखाले देखिँदैन थिए। त्यसैले त विशाल ग्रहहरू अरुण र वरुण पनि छुटे। यसबाट हामीले के भन्न सक्छौं भने ज्योतिषको निर्माण अहिलेको भन्दा विकसित सभ्यताले गरेको थिएन।
राहु र केतु
खासमा राहु र केतु के हुन् भन्ने कुरा अहिले सम्म त्यति स्पष्ट छैन। ज्योतिषले यिनिहरुलाई छायाँ ग्रह भनेर भनेको छ। तिनीहरूको ज्योतिषले गणना गरेको अवस्थिति हेर्दा अहिले सम्म पत्तो लागेको छैन। भन्नलाई पृथ्वीले सूर्यलाई घुम्ने कक्ष र चन्द्रले पृथ्वीलाई घुम्ने कक्ष एक आपसमा काटिएको बिन्दु भन्ने पनि गरिन्छ।
यसको कारणले सूर्य र चन्द्र ग्रहण लाग्छ र यी छायाँ ग्रह हो भनेको हुनाले कतै सूर्य र चन्द्र ग्रहणमा सूर्यमा र चन्द्रमा परेको छायाँलाइ त भनिएको होइन? भन्ने आशङ्का उत्पन्न हुन्छ। हामीलाई थाहा भइसक्यो कि चन्द्रग्रहणमा पृथ्वीले सूर्यको प्रकाश छेक्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्छ। सुर्य ग्रहणमा पृथ्वी र सूर्यको बीचमा चन्द्रमा आउँछ अनि चन्द्रमाले सूर्यको प्रकाश छेक्छ।
ग्रहहरूको व्यवहार
यसरी ज्योतिषको राशि र ग्रह जस्ता आधारभूत संरचना नै वैज्ञानिक छैन। यसले तारामण्डलहरुको अवधारणा नै बुझ्न सकेको छैन भने ग्रहहरूको वर्गीकरण त झनै हास्यास्पद छ। त्यसैले फलित ज्योतिष जुन यस्तो अवैज्ञानिक विधिमा आधारित छ त्यसलाई विज्ञान मान्न सकिँदैन। कुण्डली निर्माण, ग्रहको अवस्थिति, चाल तथा संक्रमण र आपसी मैत्रिसमन्ध, आपसी योग समन्ध लगायत यसका अवैज्ञानिकताको विषय सहित यसका मनोवैज्ञानिक पाटोहरुको चर्चा लेखमा विस्तृत रुपमा गर्ने नै छु।