A diary of Pedestrian on Mother Nature

साम्यवादी अफिमको नशा

डान ब्राउनको प्रसिद्ध उपन्यास दा भिन्ची कोड (Da Vinci Code) पढे पछि र त्यसमै आधारित Tom Hanks अभिनित चलचित्र हेरे पछि क्राइस्टको जीवनको अर्को चाख लाग्दो पाटो अर्थात् जिसस पत्नी पत्नी Mary Magdalene बारेमा धेरै कुरा भनिएको थियो। जीससको हत्या गरिँदाको बखत उनी गर्भवती थिइन् अनि पछि उनले छोरीको जन्म दिएकी थिइन्। 

त्यो शाही वंश वृक्ष (The Royal Blood Line) को सुरक्षा र त्यसलाई मेटाउनेहरुको द्वन्दको पृष्ठ भूमिमा व्याख्या गरिएका धेरै ऐतिहासिक घटनाहरू छन् जुन अन्य धेरै लेखकहरुका पुस्तकहरुमा पनि पढ्न पाइन्छ। यी घटनाहरू जुन क्रिश्चियन विश्व स्वीकार गर्न तयार छैन उनीहरू हर समय यो जीससको विरुद्धमा रचिएको षड्यन्त्र भनिरहन्छन्। यसको लागि उनीहरू मर्न मार्न तयार हुन्छन्।

त्यस्तै लेखक अलि सिना (Ali Sina) को Understanding Muhammad मा पनि मुहम्मदका कुकर्महरु मनोवैज्ञानिक कसीमा गजबको विश्लेषण गरेका छन् जुन मुश्लिम समुदाय पनि स्वीकार गर्न तयार छैनन् यसको लागि पनि उनीहरू मर्न मार्न तयार हुन्छन्।

त्यस्तै मनुस्मृतिमा लेखिएका विषाक्त नीति नियम देखि वेद पुराण उल्लेखित कथाहरूको आलोचनात्मक विश्लेषणले हिन्दू समुदायको पनि रगत उम्लिन्छ। त्यसलाई पनि उनीहरू क्रिश्चियन र मुश्लिम जस्तै बाह्य षड्यन्त्र देख्छन्, मर्न मार्न तयार हुन्छन्। 

खासमा म यहाँ कुनै पनि धर्मका कथाहरुलाई विश्लेषण गर्न गइरहेको छैन। धर्मलाई अफिम भन्ने पहिलेका ती धर्मभन्दा नी कट्टर धर्म कम्युनिष्ट धर्म र उनका महान देवता कार्ल मार्क्सको एउटा लुकाइएको पाटो उधिन्ने प्रयास गर्दै छु। त्यो पाटोलाई पनि त्यो धर्मावलम्बीहरु अमेरिकी षड्यन्त्र भन्छन्। ती धर्महरू जसलाई स्वयं भगवान मार्क्सले नै अफिम भन्नु हुन्थ्यो त्यसैका धर्मावलम्बी जस्तै मर्न मार्न गाली गलौज गर्न तयार हुन्छन्। 

आज मार्क्सको मृत्यु भएको पनि १४० वर्ष पुग्न लाग्यो तर पनि उनका विचारहरू एकदम अहिले पनि सबैभन्दा बढी चाखका साथ पढिन्छन्, आक्रामक बहस तथा छलफल गरिन्छन्। आजपनि धेरै बहस तथा आलोचनाका केन्द्रमा मार्क्स उभिएका छन् चाहे त्यो पुँजीवादी शोषणका कुरा हुन या शक्तिशाली देशका साम्राज्यवादी तथा विस्तारवादी चरित्र या श्रमिक अधिकारका कुरा हुन् या वर्ग संघर्षका विश्लेषण हुन्। उनका पक्षधरहरु मार्क्सलाई वैज्ञानिक समाजवाद तथा वर्ग संघर्षको प्रणेताको रुपमा लिन्छन् जसरी क्रिश्चियनले जिससलाई, मुस्लिमले मोहम्मद, हिन्दुले आफ्ना देवता जस्तै मान्छन्। 

मार्क्सले आफ्नो व्यक्तिगत जीवनका केही रहस्यहरु आफ्नो जीवनकालमा सफलताका साथ लुकाए जसलाई उनको जीवनमा देखिने वियोग तनावको कारकको रूपमा लिन सकिन्छ। हुन त त्यो पारिवारिक नैतिक समस्या पनि हुन सक्थ्यो या उनका सिद्धान्तहरूको प्रभावकारीता माथि लगातार उठिरहेका प्रश्नहरू पनि हुन सक्थे। 

१८५१ मा लन्डन बसाईका क्रममा मार्क्सले घरमा काम गर्न राखिएकी एक महिला हेलन डीमथ (Helen Demuth) सँग अवैध समन्धवाट एउटा छोरो जन्माएका थिए। आफ्नो विवाह बचाउनका साथै सार्वजनिक जीवनको सुरक्षार्थ यो कुरो बाहिर आउन दिन हुँदैनथ्यो। यसै मार्क्सवादी चिन्तनको आलोचना उच्च भइरहेको बेला सो घटना बाहिरियो भने मार्क्सको छवि त्यही समाप्त हुन सक्थ्यो। त्यसैले उनले यो घटना आफ्नो जीवनकाल भरि नै सफलताका साथ लुकाउन सफल भए। यो घटना लुकाउन उनका घनिष्ठ साथी फ्रेडरिख एङ्गेल्स (Friedrich Engels) र स्वयं ती महिला हेलन डिमथ सहयोगी थिए। 

फ्रेडरिख एङ्गलका धेरै महिलाहरु सङ्ग समन्ध थियो, त्यसैले मार्क्सले एङ्गेल्सलाई मनाए की एउटा अर्को समन्ध र सन्तानले उनको छविलाई केही गर्दैन तर मार्क्सको छवि र परिवार दुवै चकनाचुर हुन्छ। त्यो मार्क्सको अवैध सन्तान फ्रेडि डीमथ (Fredrick Demuth) लाई फ्रेडरिख एङ्गलको सन्तानको रुपमा लण्डनको एउटा श्रमिक परिवारमा हुर्काइयो। 

यो रहस्य ४ दशक भन्दा बढी रहस्य कै रुपमा रहिरह्यो अर्थात् त्यो केटो एङ्गलको सन्तानको रुपमा रह्यो। १८९५ मा जव फ्रेडरिख एङ्गेल्स आफ्नो अन्तिम अवस्थामा अर्थात् मृत्युशैय्यामा थिए यो कुरा मार्क्स कै छोरी इलिनोर मार्क्स (Eleanor Marx) सङ्ग स्वीकार गरे। मार्क्सकी छोरी तो स्वीकारोक्तिले अवसादमा पुगिन् र तीन वर्ष पश्चात उनले आत्महत्या गरिन। अझ यो कुरा यति स्तब्ध पार्ने थियो कि १९११ मा मार्क्स की अर्की छोरी लाउरा मार्क्सले (Laura) ले पनि आत्महत्या गरिन्। 

फ्रेडी डीमथ हेला गरिएको एक्लो बालकको रुपमा हुर्कियो। न मार्क्स न एङ्गेल्स दुवैले बच्चा सङ्ग दूरी बनाए। मार्क्स त आर्थिक रुपमा बच्चालाई केही गर्न नसक्ने अवस्थामा थिए भने एङ्गेल्सले केही आर्थिक सहयोग भने गर्थे। मार्क्सले त्यो आफ्नो सन्तान फ्रेडिलाई कहिले पनि भेट्दै भेटेनन्। फ्रेडी एक सामान्य लेखपढ गर्न जान्ने सामान्य श्रमिकको जीवन यापन गर्थ्यो। 

१८८३ मा मार्क्सको मृत्यु पश्चात फ्रेडीले आमा सङ्ग भने निकट समन्ध राख्यो जो एङ्गेल्सको घरमा काम गर्थिन्। फ्रेडीलाई आमा सङ्ग सार्वजनिक भेटघाट गर्न दिइँदैनथ्यो, प्राय भान्सा तथा नोकरहरु बस्ने कोठामा उनीहरूको भेट हुन्थ्यो। न मार्क्स न एङ्गेल्स दुवैले फ्रेडीलाई केही पनि दिएनन् तर मार्क्सका छोरीहरूले भने केही पैसा तथा आफ्नो सम्पत्तिको केही भाग भने दिएका थिए। 

१९२९ मा गरिबी तथा कठिन श्रमिकको रुपमा फ्रेडीको ७८ वर्षको उमेरमा मृत्यु भयो। न आमा न अन्य कोई कसैले पनि उसको वास्तविकता उसलाई बताएनन्, उ आफूलाई एङ्गेल्सको अवैध सन्तानको रुपमा लिएर नै मर्यो। पछि, एङ्गेल्सको मृत्युको बारेमा, केही सहयोगी र परिवारका सदस्यहरूले डीमथको सम्बन्धको बारेमा थाहा पाए, तर यो धेरै चर्चा भएन।

अहिले पनि मार्क्सवादीहरु यो प्रसङ्ग कोट्याउन चाहँदैनन्। उनीहरू मार्क्सको सोभियत रुसमा लेखिएका जीवनीहरुको उदाहरण दिँदै त्यो अवैध सन्तानको अस्तित्व नै नकार्छन् जसरी क्रिश्चियनहरु Mary Magdalene लाई सामान्य शिष्याको रुपमा स्वीकारिन्छ न की जीससको गर्भवती पत्नीको रुपमा जसरी बिना प्रमाणका धर्मशास्त्रका लेखाइएका कथाका आधारमा कतिपय कुराहरूलाई प्रमाणित गर्न तत्पर होइन्छ। हुन त मार्क्सवादी साम्यवादमा फ्रेडी डीमथले उसको भगवानको मुखमा कालो मात्र दल्ने हो, कुनै किसिमको रोमाञ्च पैदा गर्दैन सनसनी फैलाउँदैन त्यसैले साम्यवादमा यस्ता पात्र वर्जित छन्। 

मार्क्सले जति वर्ग संघर्षका, श्रमिक शोषणका, वैज्ञानिक समाजवादका कुरा गरे पनि उनको व्यक्तिगत चरित्र त्यही कालान्तर देखि आएको सामन्ती पितृसत्तात्मक चरित्रबाट अछुतो थिएन। उनीमा डर, निराशा तथा अपराधी मानसिकता र अपराधबोधले ग्रसित अवसाद पूर्ण जीवन थियो। मार्क्सवादीहरुमा पनि उनीहरूले नै अरु धर्मलाई भन्ने गरेको अफिमको नशामा कालान्तर देखि अहिलेसम्म उनीहरू आफै पनि उन्मत्त छन्। 

जसरी धर्मान्धहरुले आफ्नो भगवान या नेताको हरेक कुकर्मलाई विभिन्न आवरणमा छोप्छन् या रूपान्तरण गर्ने प्रयास गर्छन् नसके त्यसलाई कसैले गरेको षड्यन्त्र को रुपमा परिभाषित गर्छन्, अस्वीकार गर्छन् या हत्या हिंसा दमनमा उत्रिन्छन् त्यस्तै मार्क्सवादीहरु पनि आफ्नो धर्म र भगवानको रक्षार्थ सोही क्रियाकलाप गर्छन्। 


Share:

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

About Me

My photo
देउराली, चिती, लमजुङ्ग, गण्डकी , Nepal

Translate