A diary of Pedestrian on Mother Nature

तिमी बेचिएका छौ

शहीद! तिमी जसका लागि जीवन फाल्यौ
उनीहरू तिम्रा शवहरु चिहानबाट खोतलेर 
टुक्रा टुक्रा पारेर अङ्ग अङ्ग लिलाम गर्दै
तिम्रै नाममा अर्को दास प्रथा चलाइसके

जसको स्वतन्त्रता को सपना देखेर 
जसका आँखाको दासत्वको पट्टी च्यात्न
होमियौ त्यो अग्निकुण्डमा तिमी
तिम्रा जात, धर्म, वर्ण, कुल, घरानको 
मूल्याङ्कन गर्दै, तिम्रा तस्वीरमा 
तिनैका छड्के आँखा तारिएका छन्

जसका विरुद्ध तिमी लड्यौ 
बरु तिनीहरू शिर झुकाउँथे 
तिमी सामु, डराउँथे तिमीसँग
शायद तिम्रा घाँटीमा पाँसो सुर्काउँदा
तिम्रा छातीमा गोली दाग्दा तिनीहरूको
मुटुको ढुकढुकी बढेको हुँदो हो

सम्झ त उनीहरू तिम्रो आँखामा 
मुहारमा हेर्न पनि सकेका थिएनन् होला
तिमी प्रतिको सम्मान लुकाउन 
कृतिम घृणाको मुखौटा लगाएका थिए
थर थर काँपेको स्वर दवाउन
गालीको वर्षा गरेका होलान्

बरु तिनले तिम्रो शवमा
सुटुक्क शिर निहुराए होलान्
र त हामीलाई थाहा भयो
तिमी त्यो पाँसोमा पनि मुस्काएका थियौ रे

पसल खुलेका छन्, बधशाला
आज तिम्रा शरीर टुक्रा टुक्रा पारेर
आज तिमी सर्वाङ्ग बेचिएका छौ, 
चुसिएका छौ मासी मासी सम्म।



Share:

No comments:

Post a Comment

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

About Me

My photo
देउराली, चिती, लमजुङ्ग, गण्डकी , Nepal

Translate