A diary of Pedestrian on Mother Nature

आफ्नै बाटो!

किन चाहियो दिवस 

ती नयाँ वर्ष या जन्मोत्सव

या स्मृति दिवस 

जब कि ती

सधैँ स्मृति मै त हुन्छन्।


भौतिक शरीर सिँचेका

ती अनुपम रगतका मूलहरु

के एक दिन चाहिन्छ र? सम्झन

सेता अन्नका डल्ला लडाएर

ती सुन्दर सेता फूलहरूको

बीज सिँच्ने अधिकार 

खोस्न चाहन्न म।


उनीहरू! 

ज्यान र मानको 

बाजी लगाउँदै

निराशाको चक्रव्यूह 

तोडेर निस्किए ज्ञानको 

ज्योती बोकेर ती न्यूटन ती क्युरी 

ती लेबनिज, बोर र हाइजनवर्गहरु 

पृथ्वीको ढुकढुकी नाप्दा 

खिसी गरिएका वेजनरहरु

जमीन देखि आकाशमा फैलिएका हरेक

विन्दुहरुलाई एउटै भित्तोमा सजाइदिने

ती मेण्डेलियेव देखि न्युल्याण्डहरु

आफ्नै सन्तानका समेत नसा केलाउँदै 

उन्मुक्त भएका डार्विन, वालेसहरू

आध्यात्मिकताको झूटा पर्दाहरु

च्यातेर कुहिएको मनको चिनारी

गर्ने फ्रायडहरु

मेरा पसिना र रगत पिएर 

बाँचेका ती काला राक्षसहरू 

चिनाउने मार्क्सहरू

सत्य झेल्न नसकेको समाजको

तानाले क्षत बिक्षत शरीर 

विसाएका ती बोल्जम्यानहरु

बेवारिसे मिल्किएको

टेस्लाको मृत देह

सम्झन दिन छुट्याएको छैन

उनीहरूको लागि

सूर्यको तातो देखि वर्षातको पानी

शिशिरको सिरेटो देखि वसन्तको फूलवारी

पृथ्वीको कम्पन देखि हिमालको उचाइ 

सम्मै सधैँ झल्किएको पाउँछु त! 

उनीहरूको पसिना

अनि? 


लेमात्रे, आइन्स्टाइन र हबलले 

देखाए जस्तै निरन्तर 

अनन्त तिर लम्किरहेका पृथ्वीहरु

सूर्यहरु, चन्द्रहरु, आकाशगंगाहरु

फैलिरहेको यो ब्रम्हाण्डमा

मान्छेको रोगी मनले

कोरेका मितिका हास्यास्पद

सीमारेखाहरु 

बुझिसके पछि, फेरि 

तिनैलाई उत्सव र उदासी

खुशी र दुःख 

आदि र अन्त्य

भन्दै उफ्रिहिँड्ने

म कहाँ हुन सक्छु? 


त्यसैले म मनाउँदिन जन्मोत्सवहरु

नयाँ बर्ष या स्मृति दिवस

न कथित दार्शनिकहरुले भने जस्तै 

मृत्योत्सवहरु पनि 

न वर्ष नयाँ हुन्छ

न पुरानो 

ती केही सङ्ख्या

अनि मानिसका कृतिम

सीमारेखाहरु

चाहे समयमा कोरिएका हुन्

या जमीनमा 

या जात, वर्ण, धर्म र भाषामा

मलाई ती पैशाचिक लाग्छन्।

Share:

No comments:

Post a Comment

Wikipedia

Search results

नियात्रा: निरन्तर यात्रा

नियात्रा: निरन्तर यात्रा
एउटा सानो हिमाली देशबाट

About Me

My photo
देउराली, चिती, लमजुङ्ग, गण्डकी , Nepal

Translate