किरा परेका मांसपेशी
कुहिएका अस्थिपञ्जरले
अहंकारको तौल
नधाने पछि
उड्ने अभिलाषा बोकेका
उनीहरुलाई
आकाश छुने थुप्रो चाहिन्छ
त्यो शवहरुको थुप्रो
या चिहानका बुर्जा
जे भए पनि
उनीहरूलाइ चाहिएको
फगत् उचाइ हो
त्यस्तो उचाइ
जहाँ कुहिएको शरीरको
त्यो सडान्ध
लुकाउन सकियोस्
स्याउँ स्याउँ गर्दै
शरीरमा उफ्रिरहेका औंश्याहा
कसैले नदेखुन्
उडिरहेका राजहाँसका
पँखेटा लुछिदिए पछि
कसले देख्ला र?
गलिरहेको त्यो शरीर
चट्याङको आवाजमा लुकाएपछि
कसले सुन्ला र
पैशाचिक अट्टाहास
त्यो कर्कश आवाज
खाली भाँडा थेचारिए जस्तै
त्यसैले उचाइ चाहिएको छ
अझ आकाश छेडेर माथि
जहाँ सूर्यको प्रकाशमा
छोप्न सकियोस्
ती कुरुप अनुहारहरू
Mysore Casino: 20 Slots, 30+ Table Games and 50+ Table
ReplyDeleteJumbo Jumbo Jumbo 서울특별 출장안마 Jumbo Casino: 20 Slots, 30+ Table Games 동두천 출장샵 and 50+ Table Games and 50+ 통영 출장샵 Table Games 이천 출장안마 and 50+ Table Games 평택 출장샵 and 50+ Table Games and 50+ Table Games.